काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ ।
प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो । तर स्वास्थ्यमा समस्या आएको जानकारी गराएपछि प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको सभामुखको सचिवालयले जनाएको छ ।
‘स्वास्थ्यको कारण प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि आजको कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ,’ सभामुखको सचिवालयले भनेको छ ।
प्रतिनिधि सभा नियमावली अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तर गर्र्दै आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया