प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिने

लोकपथ
210
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे  संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम सांसदहरूले सोध्नुभएको प्रश्नको जवाफ  दिने कार्यसूची रहेको छ । 

यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको  छ ।

यस्तै, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । 

pp

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?