काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले प्रधानमन्त्रीले भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षण गरिरहेको आरोप लगाएका हुन् ।
आजै प्रधानमन्त्री ओलीले बालेन गणतन्त्र दिवस मुल समारोह समितिको बैठकमा नआएको भन्दै कटाक्ष गरेका थिए । समितिको पदेन सदस्य रहेका मेयर बालेन उक्त बैठकमा नगएको भन्दै प्रधानमन्त्री ओलीले अर्को पटकबाट नबोलाउने चेतावनी दिएका थिए ।
त्यसको जवाफ फर्काउँदै बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा, देशको सबै पार्टीको सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ । त्यसको नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ? Sorry kp Oli, i dont support Your corrupt system’
त्यसो त पछिल्ला दिनहरुमा मेयर बालेन प्रधानमन्त्री ओली र उनको दल एमालेको कार्यशैलीप्रति कटाक्ष गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया