रेशमलाई जेल पुर्‍याउने महिमानसिंहलाई १ लाख धरौटीमा रिहा गर्न आदेश

लोकपथ
966
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीलाई अनाधिकृत पत्रका आधारमा पक्राउ गराएका महिमानसिंह विष्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

सोमबार जिल्ला अदालत काठमाडौंले सिंहलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतको मुद्दा शाखाका अधिकृत रहेका सिंहलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीनबन्धु बरालको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशसँगै विष्ट धरौटी रकम बुझाएर थुनामुक्त हुने तयारीमा रहेका छन् ।

विष्टले रेशमलाई पुरानो फैसला कार्यान्वयन गर्ने भन्दै आफैँ अनाधिकृत पत्र लेखेर डिल्लीबजार कारागार पुर्याएका थिए । उनको पत्र अनाधिकृत रहेको प्रमाणित भएपछि सर्वोच्चको अर्को पत्रपछि रेशम थुनामुक्त भएका थिए भने सिंह पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?