सरकारलाई थप दायित्व नपर्ने गरी ठेक्का फरफारक गर्ने तयारीमा छौँ : मन्त्री दाहाल

लोकपथ
875
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारलाई थप दायित्व नपर्ने गरी ठेक्का फरफारक गर्ने तयारीमा रहेको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले लामो समयसम्म निर्माण पूरा गर्न नसकेको र समय मात्रै लिइरहेकाहरुको हकमा सरकारले थप दायित्व नपर्ने गरी ठेक्का फरफारक गर्न सकिन्छ भने ठेक्का फरफारक गर्ने काममा लागेको उल्लेख गरे । 

त्यसका लागि नियमावली पनि परिवर्तन गरिसकेको र म्याद थप गर्न सकिने र सहजताको आधारमा कुनै पनि ठेक्कालाई सर्टआउट गर्न सकिने बताए ।

मन्त्री दाहालले दसौँ वर्षसम्म कतिपय आयोजनाहरु लथालिङ्ग रहेको उल्लेख गर्दै सरकारले कमजोरीहरु सुधार गर्दै अघि बढ्ने प्रयत्न गरिरहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?