शेयर बजारमा सुधार, कारोबार रकम भने घट्यो

लोकपथ
175
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन गिरावट आएको शेयर बजारमा दोस्रो कारोबार दिन सोमबार भने सुधार देखिएको छ ।

नेपालमा धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोहोरो अंकले बढेको हो ।

आज बजार १९ दशमलव ३० अंकले वृद्धि भएको नेप्सेले जनाएको छ । कुल १ करोड ६२ लाख ५ हजार ५ सय ५८ कित्ता कारोबार हुँदा बजार परिसुचक भने २ हजार ६ सय २८ पुगेको नेप्सेले जनाएको छ ।

सोमबार शेयर बजारमा हरियाली देखिए पनि कारोबार रकम भने घटेको छ । आइतबार बजार घट्दा साढे ८ अर्ब बढी कारोबार भएको थियो । तर आज कुल ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५ रुपैयाँ बराबरको कारोबार भएको हो ।

त्यस्तै आज कारोबारमा आएकामध्ये १८५ कम्पनीको शेयर मूल्य बढेको, ६० कम्पनीको शेयर मूल्य घटेको तथा २ वटा कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन देखिएको छैन ।

यता कारोबारमा आएकाध्ये सप्तकोशी डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्यूटिकल, कर्पोरेट डेभलबमेन्ट बैंक लिमिटेड लगायतका लगानीकर्ताहरुले धेरै कमाएका छन् । त्यस्तै वीन नेपाल लघुवित्त वित्तीय संस्था, छ्याङ्दी हाइड्रोपावर लिमिटेड, च्रेष्ट माइक्रोफाइनान्स लगायत कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?