करेन्ट लागेर ज्यान गुमाएका उपेशको शव परिवारले बुझे

लोकपथ
938
Shares

काठमाडौं । धुलिखेलमा विद्युतको खम्बामा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएका २८ वर्षीय उपेश परियारको शव परिवारले बुझेका छन् । पीडित परिवार, विद्युत प्राधिकरण र ठेकदारबीच सहमति भएपछि परियारको शव परिवारले बुझेका हुन् ।

शनिबार नेपाल विद्युत् प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युतको खम्बा चढेर काम गर्दै गर्दा करेन्ट लागेर उनको मृत्यु भएको थियो ।

विद्युत प्राधिकरणका अनुसार मृतकका परिवारलाई ठेकदारले १० लाख रुपैयाँ र प्राधिकरणले आफ्नो नियमअनुसार ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ ।

प्राधिकरणले घटनाबारे थप अनुसन्धान गर्ने जनाएको छ । यसै क्रममा लापरबाही पुष्टि भएमा सम्बन्धित पक्षमाथि कानुनी कारबाही हुने प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?