नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

लोकपथ
763
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक सुरक्षा भत्ता पाउन नसक्ने बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले सामाजिक सुरक्षा ऐन, २०७५ र सामाजिक सुरक्षा नियमावली, २०७६ ले बालबालिका बाहेक अनेकको हकमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपीसहित सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य व्यक्तिले सम्बन्धित वडा कार्यालयमा आफैँ उपस्थित भई तोकिएको ढाँचामा निवेदन पेस गर्नुपर्ने व्यवस्था रहेको  बताए । 

उनले नागरिकता प्रमाणपत्र नभएका व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने कानुनी व्यवस्था रहेको बुझ्न आग्रह गरे ।  

मन्त्री सुडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थाले नेपालमा कार्यक्रम सञ्चालन गर्न चाहे समाज कल्याण परिषद्ले तोकेको निर्धारित ढाँचामा परियोजना प्रस्ताव पेस गर्नुपर्ने पनि बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?