रविको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि ‘हेर्न नमिल्ने’ सूचीमा

लोकपथ
658
Shares

काठमाडौं । पूर्व उपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि हेर्न नमिल्नेमा परेको छ ।

आजका लागि प्रधान्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजसालमा पेसी तोकिएको थियो । तर उक्त रिट हेर्न नमिल्नेमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ । त्यस्तै आइतबार पनि उक्त रिटको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको थियो ।

हिजो न्यायाधीशहरु मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजसालमा पेसी तोकिएको थियो ।

गत वैशाख ७ गते रवि पत्नी निकिता पौडेलले बन्दी प्रत्येक्षीकरणको रिट दायर गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?