कालीगण्डकीमा बेपत्ता बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले १५ फिट गहिराइबाट निकाल्यो 

लोकपथ
2.9k
Shares

काठमाडौं । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ स्थित कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ । 

सोही ठाउँ बस्ने १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा यही जेठ ३ गते नदीमा डुबेर बेपत्ता भएका थिए । 

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा खटिएको गोताखोरसहितको टोलीले उनको शव आज जेठ ५ गते दिउँसो साढे १२ बजे करिब १५ फिट गहिराइबाट निकालेको हो । उनको खोजीकार्यको लागि नं. २४ कालिका गण कास्कीबाट सोमबार बिहान ४ जना गोताखोर र ५ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित १९ जनाको टोली परिचालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?