जबरजस्ती रुपमा दुरसञ्चार कर्मचारी संगठनको नेतृत्व चयन, बहुमत प्रतिनिधिको विरोध

लोकपथ
4.5k
Shares

काठमाडौं । नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको १२औँ केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । गत जेठ १ गतेदेखि ३ गतेसम्म भक्तपुरको बोडेमा महाधिवेशन सम्पन्न भएको हो ।

एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरेको महाधिवेशन सर्वसम्मत बनाउने प्रयास गरिएको थियो । तर एकपक्षले जबरजस्ती गर्न खोजेपछि बहुमत सदस्यहरुले बहिस्कार गरेका हुन् ।

भएको के थियो ?

तीन दिन चलेको महाधिवेशनमा सुरुमा प्रतिनिधिहरुबिच संगठनमा एकता कायम गर्नका लागि सर्वसम्मत नेतृत्व चयन गरिनुपर्ने माग प्रमुख रुपमा उठेको थियो । अधिकांश प्रतिनिधिहरुले संगठनको दीर्घकालिन हितका लागि विवादरहित सहमतिको नेतृत्व आवश्यक्ता रहेको भन्दै मिलेर जानुपर्नेमा जोड दिएका थिए । तर मणीकुमार पोखरेल नेतृत्वको समूहले उक्त प्रस्तावमा सहमति जनाउन अस्वीकार गरेपछि मतभेद चुलिएको थियो ।

यता संगठनका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद ज्ञवाली पक्षधरले चुनावी प्रक्रियामा सहभागि नहुने र सर्वसम्मतिको नेतृत्व हुनुपर्ने अडान राखेका थिए । यस्तै अवस्थामा पेसागत महासंघ नेपालका अध्यक्ष पुन्य ढकालको संयोजकत्वमा चलिरहेको बन्दसत्रमा नेतृत्व चयनबारे संवाद जारी रहेको थियो । तर निर्वाचन समितिका संयोजक बनाइएका कुमारप्रसाद खतिवडा पक्षले भने सुरुमा सर्वसम्मत गर्ने विषयमा प्रतिबद्धता जनाए पनि पछि सहमतिबाट ‘ब्याक’ हटेका थिए । खतिवडाले नेतृत्व गरेको समितिले मणीकुमार पोखरल समूहलाई एकलौटी ढंगले ‘सर्वसम्मत नेतृत्व’ भन्दै नयाँ कार्यसमिति घोषणा गरेको थियो ।

यता देशभरबाट आएका ३३४ प्रतिनिधि तथा पर्यवेक्षकमध्येको बहुमत संख्याले त्यसमा विरोध जनाएका थिए । उनीहरुले बहुमत प्रतिनिधिहरुको भावना विपरित जबरजस्ती रुपमा नेतृत्व चयन गरिएको भन्दै विरोध जनाएको एक प्रतिनिधि बताउँछन् ।

‘हामी संगठनको एकता, पारदर्शिता र सहभागितामूलक नेतृत्वको पक्षमा थियौँ । तर, जुन ढंगले नेतृत्व चयन गरियो, त्यसले कर्मचारीहरुमा गहिरो निराशा पैदा गरेको छ,’ ती प्रतिनिधि भन्छन् ।

त्यस्तै विवादित ढंगले महाधिवेशनबाट नेतृत्व चयन गरिएपछि संगठनभित्र चरम अन्तुष्टि र गुटबन्दी देखिएको र त्यसलाई मलजल गरिएको भन्दै असन्तुष्टिहरु पैदा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?