प्रभु बैंक र इला होटल्स एण्ड रिसोर्ट्स तथा मौलाकाली केबलकारबिच सम्झौता

लोकपथ
280
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेड र इला होटल्स एण्ड रिसोर्ट्स प्रालि तथा मौलाकालिका केबलकार लिमिटेडबिच विशेष समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी अनुसार बैंकका ग्राहक तथा कर्मचारीहलाई इला होटल्स एण्ड रिटोट्र्स प्रालि तथा मौलाकालिका केबलकार लिमिटेडमा विशेष छुट रहेको बताइएको छ ।

समझदारीपत्रमा प्रभु बैंक लिमिटेडका प्रमुख प्रदेश अधिकृत सांग्रीला श्रेष्ठ र इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकार लिमिटेडका महाप्रबन्धक अर्बिन्द्र केसीले हस्ताक्षर गरेका हुन् ।

यस सहकार्य अन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुटको योजना ल्याइएको हो । जसअनुसार केबलकार टिकटमा २० प्रतिशत छुट, खानपानमा १० प्रतिशत, आवाशमा १० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

यस सम्झौताले दुवै कम्पनीबिच औपचारिक सहकार्यको नयाँ आयाम सुरु गरेको, जसले ग्राहकहरूलाई गुणस्तरीय सेवा र विशेष अनुभव प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार ग्राहक तथा कर्मचारीहरूलाई उच्चस्तरीय जीवनशैली अनुभव प्रदान गर्न यो सहकार्य महत्वपूर्ण उपलब्धि हो।

‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?