संसदबाटै जनतामा निराशाको सञ्चार गरियो : प्रमुख सचेतक बर्तौला

लोकपथ
812
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक nले संसदबाटै जनतामा निराशाको सञ्चार हुने गरेको भन्दै आपत्ति जनाएका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सचेतक बर्तौलाले संसदको तेजोबध गर्ने गरी संसद नीरश रहेको अभिव्यक्ति आएको भन्दै आपत्ति  जनाएका हुन् ।

उनले जनतामा निराशाको सञ्चार बढिरहेपनि सरकार भने निराशालाई आशामा परिणत गर्न लागिरहेको बताए । 

उनले नागरिकको भरोसा टुटाउनेगरि प्रायोजित अभिव्यक्ति दिइएको आरोपसमेत लगाए । दुई राजनीतिक दल मिलेर बनेको सरकारले काम गर्न नसकेको भन्ने आरोपको खण्डन गर्दै आफू सत्तामा भएको भए जादुगरले जसरी काम गर्छु भनेर भ्रम फैलाइएको उनको भनाइ थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?