काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लबकी खेलाडी सशस्त्र प्रहरी सहायक हवलदार सावित्रा भण्डारी (साम्बा)को सम्मानार्थ साम्बाचोक नामकरण र उक्त चोकमा साम्बा स्तम्भ निर्माण गरिएको छ ।
लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–९ स्थित खुदिबजार चोकमा निर्माण गरिएको साम्बा स्तम्भको सोही गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जेठ ५ गते उद्घाटन गरेका छन् ।
साम्बा पछिल्लो समय स्वदेशमा मात्र नभई विदेशमा समेत चर्चित फुटबल खेलाडी बन्न पुगेकी छिन् । हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लब एना भान गेङगाङ्पमा आबद्ध छिन् ।

उद्घाटन कार्यक्रममा लमजुङका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, मर्स्याङ्दी गाउँपालिका–९ का वडाध्यक्ष हरिसचन्द्र थापा, आश्रित गुल्म लमजुङका गुल्मपति लगायत स्थानीय भद्रभलाद्मी, जनप्रतिनिधि र सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो । साथै कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडी सशस्त्र प्रहरी सहायक हवलदार सावित्रा भण्डारी(साम्बा)का बुवा आमालाई समेत सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया