काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको एसिया छनोटमा युएईलाई पराजित गर्दै नेपाल ग्लोबल छनोटमा प्रवेश गरेको छ ।
आज सोमबार भएको सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै शीर्ष दुईमा रहँदै ग्लोबल छनोटमा प्रवेश गरेको हो ।
नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको हो । यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया