काठमाडौं । हेटौंडा–काठमाडौं जोड्ने महत्वपूर्ण सडक मार्ग कान्ति लोकपथ अवरुद्ध भएको छ । गएरातिको लगातार वर्षाका कारण बागमती खोलामा निर्माण गरिएको डाइभर्सन बगाउँदा सडक आवागमन पूर्ण रूपमा ठप्प भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार डाइभर्सन बगाएपछि सवारी साधनको ओहोरदोहोर रोकिएको छ।
मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोलामा निर्माण गरिएको उक्त डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको थियो ।
डाइभर्सन बगाएपछि उक्त क्षेत्रमै प्रहरी टोली परिचालन गरिएको र सडक सुचारु गर्न पहल थालिएको प्रहरीले जनाएको छ।
सम्बन्धित प्राविधिक टोली र स्थानीय निकायको सहयोगमा मार्ग खुलाउने प्रयास जारी रहेको छ । यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया