काठमाडौं । काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयरको ट्वीनअटर जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौंमै फर्काएर सुरक्षित अवतरण गराइएको छ ।
बिहान ६ः१२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त जहाज रामेछाप नजिक पुग्दा इन्जिनमा समस्या देखिएको हो।
पाइलटले सतर्कता अपनाउँदै जहाजलाई तुरुन्त काठमाडौं फर्काएका थिए।
सुरक्षा मापदण्ड अनुसार जहाजलाई आकस्मिक अवतरण गराउने क्रममा त्रिभुवन विमानस्थलमा केहीबेर अन्य उडान र अवतरण स्थगित गरिएको थियो।
यात्रु र चालक दल सबै सकुशल रहेको पुष्टि गरिएको छ। विमानको प्राविधिक परीक्षणपछि मात्र आगामी उडानबारे निर्णय हुने जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया