शिक्षा विधेयक : उपसमितिले बुझाएको प्रतिवेदनमा समेटिए यस्ता विषय (पूर्णपाठ)

लोकपथ
2.2k
Shares

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा समितिद्वारा गठित संसदीय उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन बुझाएको छ । 

आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिले समितिलाई विधेयकको प्रतिवेदन बुझाएको हो । 

उपसमितिको प्रतिवेदन बुझाउँदै संयोजक विश्वकर्माले १५ परिच्छेद र १६३ दफामा रहेको विधेयकमा उपसमितिले १०८ बुँदाको बनाएको जानकारी दिए । 

उनले प्रतिवेदनमा १०१ दफामा परिमार्जन गरिएको तथा १३ वटा नयाँ दफा थप गरिएको समेत बताए । उनकाअनुसार उपसमितिले ४ वटा दफा हटाएको तथा १३ दफा नयाँ रोखको छ । विधेयकका ६२ वटा दफा सरकारले प्रश्तावगरेअनुसार नै हुने गरी सहमति भएको समेत उनले बताए । 

उनले भने, ‘विभिन्न १५ वटा परिच्छेद र १६३ दफामा उक्त विधेयकउपचर १५२ समूहमा १६१ माननीय सदस्यहरूबाट १ हजार ७५८ वटा बुँदामा दर्ता भएका संशोधन प्रस्तावसहितको विधेयकका सम्बन्धमा उपसमितिले छलफल गरी १०८ बुँदाको प्रतिवेदन तयार गरेको छ । विधेयकका कुल १६३ वटा दफामध्ये १०१ वटा दफामा परिमार्जन गरिएको छ । १३ वटा नयाँ दफा थप गरिएको  छ । चार वटा दफालाई हटाइएको छ । १३ वटा दफाको सट्टा नयाँ दफा राखिएको छ । ६२ वटा दफालाई सरकारले प्रस्ताव गरेकै स्वरूपमा टुंगोमा पुर्‍याइएको छ ।’

समितिको २०८१ चैत ८ गते बसेको बैठकले विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उक्त विधेयककलाई सरकारले संसद्को चालु अधिवेशनबाटै पास गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?