काठमाडौं । जिल्ला अदालत ललितपुरले जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश टेकराज जोशीको इजलासले यादवलाई धरौटीमा छाड्न आदेश गरेको हो ।
यादव ठगी र आपराधिक विश्वासघात गरेको आरोपमा ७ वैशाखमा सप्तरीबाट पक्राउ गरेको थिए।
जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले दिएको जाहेरीका आधारमा उनी र उनकी श्रीमती ललिताकुमारी यादवविरुद्ध १ करोड ८५ लाख १ हजार रुपैयाँ बिगो असुल उपर गर्नुपर्ने माग गर्दै मुद्दा दायर भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया