दुर्गा प्रसाईँलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

लोकपथ
476
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

आइतबार जिल्ला अदालत काठमाडौंले प्रसाईँलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रसाईँ गत चैत १५ गतेको तीनकुनेको हिंसात्मक घटनापछि पक्राउ परेका थिए । तीनकुनेमा हिंसा भड्काइ भीडलाई उत्तेजित पारेपछि प्रसाईँ फरार भएका थिए । प्रहरीले उनलाई भारतबाट पक्राउ गरेर ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?