काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आउन अझै धेरै समय बाँकी भए पनि भावी नेतृत्वबारे चर्चा भने यसअघिबाटै चलिरहेको छ ।
कतिपय नेताहरु देश दौडाहमा पुगेर भावी नेतृत्वमा दाबी गर्ने तयारी गरिसकेका छन् । वर्तमान सभापति शेरबहादुर देउवा विधानतः अब सभापति बन्न पाउँदैनन् । जसकारण १४औँ महाधिवेशनमा देउवालाई सहयोग गरेका नेताहरु भावी सभापतिका साझा उम्मेदवार खोज्न निरन्तर छलफलमा जुटिरहेका छन् ।
कांग्रेसका पूर्व पदाधिकारीहरुको नेतृत्व पूर्व उपसभापति गोपालमान श्रेष्ठले गरेका छन् । कांग्रेसका पूर्व उपसभापतिहरु श्रेष्ठ, प्रकाशमान सिंह र विमलेन्द्र निधी उपस्थित रहेका छन् । त्यस्तै पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र कृष्णप्रसाद सिटौला तथा पूर्वसहमहामन्त्री तथा वर्तमान पार्टी प्रवक्ता डा. प्रकाशशरण महत उपस्थित रहेका छन् । यसअघि पनि निरन्तर संवादमा रहेका नेताहरु आइतबार दिउँसो समेत सानेपामा छलफलमा जुटेका हुन् ।
गत महाधिवेशनमा देउवालाई सभापतिमा सघाएका नेताहरु स्वयं आ–आफैँ तयारी जुटेका छन् । उता संस्थापन इतरबाट डा. शेखर कोइराला समेत तयारीमा जुट्दा सो टिमबाटै महामन्त्री बनेका गगन थापा समेत सभापतिको तयारीमा जुटेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया