भारत । हैदराबादको चारमिनार नजिकै रहेको गुलजार हाउसको एक भवनमा आइतबार बिहान आगलागी हुँदा ८ जना बालबालिकासहित १७ जनाको मृत्यु भएको छ। आगलागीबाट १५ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको पनि प्रहरीले जानकारी दिएको छ।
केही मानिस अझै पनि घरमा फसेका र उद्धार कार्य जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ। २ घण्टाको प्रयासपछि आगो निभाइएको थियो। आगलागी सर्ट सर्किटका कारण भएको उल्लेख छ।
प्रहरीका अनुसार तीन तल्ले भवनको भुईँ तल्लामा आगो लागेको हो। सबै मृतक यही तलाका थिए।बिहान ६ बजे आगलागीको बारेमा दमकल विभागलाई जानकारी गराइएको थियो।
त्यसपछि टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो। धेरै मानिसहरू अचेत अवस्थामा फेला परेका थिए। घटनामा करिब १० जनालाई अस्पताल भर्ना गरिएको पनि सञ्चारमाध्यममा उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया