काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितताको विषयमा छानबिनका लागि समिति गठन भएको छ । नेपाली कांग्रेसकी सांसद मञ्जु खाँणको संयोजकत्वमा अध्ययन उपसमिति गठन भएको हो ।
यसअघि उपसमितिको संयोजकमा एमाले सांसद योगेशकुमार भट्टराई संयोजक रहेका थिए । तर भट्टराई पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेकाले स्वार्थ बाझिने भन्दै विरोध भएपछि आफू उक्त उपसमितिमा नै नबस्ने बताएका थिए ।
आज बसेको लेखा समिति अन्तर्गतको उपसमितिले उपसमितिका सदस्यहरुमध्येबाट आइतबार कांग्रेस सांसद खाँणलाई संयोजक तोकिएको हो ।
त्यस्तै आजको बैठकले विमानस्थल अध्ययन भ्रमण गर्ने समेत कार्यक्रम तय गरेको छ ।
त्यसो त यसअघि लेखा समिति अन्तर्गतकै अर्को उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितताका विषयमा प्रतिवेदन बुझाएको छ । राप्रपा अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लिङ्देनको नेतृत्वमा उक्त समिति गठन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया