कांग्रेस सांसद राईको प्रश्न : ‘झ्याप झ्याप बत्ती जानु सरकारको आयुको संकेत हो ?’

लोकपथ
483
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद माया राईले पछिल्लो समय किन लोडसेडिङ भइरहेको छ भन्दै सरकारलाई प्रश्न गरेकी छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै राईले झ्याप झ्याप बत्ति जानु सरकारको आयुसँग जोडिएको हो भन्दै प्रश्न समेत गरिन् ।

‘आजभोलि झ्याप झ्याप बत्ति जान्छ । किन सरकार ? के यो सरकारको आयुको संकेत हो ?,’ उनले भनिन् ।

त्यस्तै मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुर र खोटाङको सीमानामा पर्ने बाँझे च्यानडाँडाको १० किलोमिटर सडक बिगत लामो समयदेखि अलपत्र रहेको र यात्रुहरुले दुख पाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

‘मध्यपहाडी लोकमार्ग अन्तर्गतको भोजपुर र खोटाङ जिल्लाको सीमानामा पर्ने बाँझे च्यानडाँडाको १० किलोमिटर धेरै समयदेखि अलपत्र रहेको छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?