काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले विद्युत प्राधिकरणको नेतृत्वलाई असफल बनाउन एउटा समूह नै सक्रिय रहेको दाबी गरेका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ढाडस दिँदै रिमालले इमान्दारितापूर्वक काम गरिरहेको भन्दै प्रशंसा गरे ।
कुलमान घिसिङलाई हटाएपछि एउटा समूह नै लागेर ‘बत्ति मुनि बसेर बिजुली गयो’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेर गलत न्यारेटिभ बनाउन लागेको आरोप समेत लगाए ।
यता कुलमानले भारतबाट बिजुली ल्याएर जनतालाई बिजुली दिएको विषयमा समेत कटाक्ष गरेका छन् ।
उनले कटाक्ष गर्दै लेखेका छन्, ‘बजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो ।
देवत्वकरणको पर्दा भित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन् । समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँ मुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ ।’
त्यस्तै हितेन्द्रलाई इमान्दार भएर काम गर्न समेत सुझाव दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् :
श्री हितेन्द्र शाक्यजी !
तपाईं नेपाल विद्युत प्राधिकरणको निर्देशक हुनुहुन्छ । आफ्नो काममा तपाईं काबिल हुनुहुन्छ। प्राधिकरणलाई कसरी प्रगतिमा पुर्याउन सकिन्छ भन्नेमा इमान्दार पनि हुनुहुन्छ । तर सजग रहनुहोला, बलेको बत्ति मुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयोु भन्ने न्यारेटिभ बनाइँदै छ। बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो। देवत्वकरणको पर्दा भित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन् । समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँ मुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ।
अहिले हाम्रो समाजमा सेवा दिनेहरू होइन, कथा बनाउनेहरू चर्चामा छन्। यस्तो बेलामा तपाईंले इमान्दार प्रयास गर्नुभयो भने पनि, त्यो ‘फिड’ मा देखिँदैन—किनकि त्यो ‘फ्रेम’को हिस्सा होइन । त्यसैले, सजग रहनुस्—काम गर्नुस्, तर ध्यान दिनुस्—कामभन्दा पनि कथा ठूलो भएको युगमा कथा लेख्नेहरू तपाईंको कामभन्दा अघि पुग्न सक्छन् ।
कर्ममा अडिग रहनुहोस्, तर ‘कन्टेन्ट’ को दुनियाँले तपाईंलाई ‘कन्टेन्ट’ बनाउने खेलमा लागेको छ भन्ने कुरा नबिर्सिनुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया