के भयो आज सुनचाँदीको मूल्य ?

लोकपथ
1.4k
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८४ हजार २ सय रहेको छ ।

त्यसो त यसअघि अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८४ हजार ८ सय रहेको थियो ।

आज तोलामा ६ सयले गिरावट भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा भने स्थिरता आएको । शुक्रबार चाँदीको मूल्य १ हजार ९ सय ४५ रहेको थियो । सोही मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?