तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

लोकपथ
357
Shares
फाइल तस्बिर

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान साढे ११ बजे बस्ने विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।

बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट हालसम्म भएका कामकारबाही प्रगति एवं आगामी कार्ययोजनाबारे छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापनको स्थलगत अध्ययनको समीक्षा सम्बन्धमा छलफल हुनेछ ।

दिउँसो साढे ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन पेस हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?