लुम्बिनी प्रदेश सभाको बैठक आज, सामाजिक कर विधेयकमा दफावार छलफल प्रस्तावित

लोकपथ
84
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत चौथो बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा दुई मुख्य विषयमा छलफल हुने कार्यक्रम छ।

प्रदेश सभा सचिवालयका अनुसार, बैठकको प्रारम्भमा प्रदेश सभा सदस्यहरूलाई विशेष समयमा बोल्न दिने कार्यक्रम रहेको छ। त्यसपछि, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले ‘प्रदेश सामाजिक कर सम्बन्धी विधेयक’ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उक्त प्रस्तावलाई सभामुख तुलाराम घर्तीमगरले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा समावेश गरिएको छ । बैठकमा सामाजिक कर विधेयकमाथि विस्तृत छलफल हुने अपेक्षा गरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?