कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी : अध्यक्ष नेपाल

लोकपथ
322
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी रहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले सिंगो कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने काममा आफूहरू लागिरहेको बताए । आफ्नो अडान र विचारमा आत्मविश्वासी भएर अघि बढ्न जरुरी रहेको भन्दै उनले विचार, दृष्टिकोण मिल्नेहरूसँग हातेमालो गर्न, मोर्चा बनाएर जानुपर्ने बताए । उनले सम्भव भए पार्टी एकता गरेर जानुपर्नेमा जोड दिए ।  

अध्यक्ष नेपालले भने, ‘सकेसम्म हामीले चाहनुपर्छ, सिंगै आन्दोलनलाई एकताबद्ध बनाउन । कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन, त्यस काममा त हामी लगातार लागिरहेका छाँै । ०३२ सालदेखिलाग्दै आयौँ । धेरै समूहलाई, सानासाना टुक्रामा छरिएका एकताबद्ध बनाउँदै पनि गयौँ । कोही एकताबद्ध भए,कोही भएनन् । कोही एकताबद्ध भएर पनि बिचैमा छोडेर पनि गए । त्यस्तो भइरहन्छ । यसमा आत्तिने काम कहिल्यै पनि गर्न हुँदैन । आफ्नो अडान ठिक छकी छैन, आफ्नो विचार ठिक छ की छैन ? त्यसमा सबैभन्दा पहिला आत्मविश्वास हुनुपर्छ । त्यसको आधारमा आफ्नो शक्तिलाई बलियो बनाउने काममा जुट्नुपर्छ । अनि विचार, दृष्टिकोण र घराना मिल्नेहरूसँग हातेमालो गर्नुपर्छ । मोर्चा पनि बनाउनुपर्छ । सहकार्य गर्नुपर्छ । सम्भव हुन्छ भने पार्टी एकता पनि गरेर जानुपर्छ ।’

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीको विचार र सिद्धान्तबाट विचलित नभई कन सबै खालका विकृति, विसंगतिसँग जुधेर इमान्दार कम्युनिष्टको रूपमा अघि बढ्न जरुरी रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?