स्थगित आईपीएल क्रिकेट आजदेखि सुरु हुँदै

लोकपथ
1.1k
Shares

काठमाडौं । भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण केही समय स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता आजबाट पुनः सुरु हुँदैछ ।

दुई देशबीच सम्बन्धमा सुधार आएपछि बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया बीसीसीआई) ले लिगलाई पुनः सुरु गर्ने निर्णय गरेको हो ।

बीसीसीआईको मे ९ मा बसेको आकस्मिक बैठकले देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै लिग स्थगित गर्ने निर्णय गरेको थियो । तनाव चुलिँदै गएपछि मे ८ मा धर्मशालामा भइरहेको पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि बीचमै रोकिएको थियो ।

आजबाट लिग पुनः सुरु हुँदैछ र पहिलो प्रतिस्पर्धामा रोयल च्यालेन्जर्स बैङ्गलोर (RCB) र कोलकाता नाइट राइडर्स (KKR) आमनेसामने हुनेछन् । खेल बैङ्गलोरमा नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ।

तालिकातर्फ हेर्ने हो भने, RCB ११ खेलबाट १६ अंकसहित दोस्रो स्थानमा रहेको छ भने कोलकाता १२ खेलमा ११ अंक जोडेर छैटौँ स्थानमा छ।

लिगका बाँकी खेलहरू बैङ्गलोर, जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबाद- यी ६ स्थानमा सम्पन्न हुने कार्यक्रम रहेको बीसीसीआईले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?