काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू सफल मन्त्री हुन नसकेको बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित डिजिटल नेपाल फ्रेमवर्क २ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले मुख्यमन्त्री हुँदा अलि हल्ला गरेको तर अहिले मन्त्री बन्दा हल्ला गर्न नसकेको बताए । आफूले सोझो हुँदा पनि नतिजा आउन नसकेको बताए ।
मन्त्री गुरुङले भने, ‘उनले भनेको कुरा एउटा म मुख्यमन्त्री हुँदा अलि हल्ला गरेको हो । अहिले हल्ला गर्न सकेको छैन । त्यत्ति फरक छ । अहिले म सफल मन्त्री हुन सकेको छैन । त्यो पनि यहाँहरुलाई भन्न चाहन्छु ।’
मन्त्री गुरुङले सफल मन्त्री हुन नसक्दा अहिल केही आक्रोश रहेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया