काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल वायुसेवा निगमलाई सधैँ पैसा दिएर चलाइराख्न नसकिने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित डिजिटल नेपाल फ्रेमवर्क २ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफू विगतमा पर्यटन मन्त्री हुँदाको जस्तै समस्या अहिले पनि यथावत् रहेको बताए । उनले नेपाल वायुसेवा निगमलाई सधैँ पैसा दिएर चलाउँदा उन्नति हुन्छ भन्नु बाँदको हातमा नरिवल दिनु जस्तै भएको टिप्पणी गरे । उनले स्टाटेजक पार्टनर खोजेर पब्लिक प्राइभेट प्रोग्राममा जान जरुरी रहेको बताए ।
मन्त्री गुरुङले भने, ‘नेपाल वायुसेवा निगमको हालत अहिले पनि यथावत् छँदैछ । नेपाल वायुसेवा निगमलाई सधैँ पैसा दिएर चलाइराख्ने, यसबाट उन्नति हुन्छ भन्नु बाँदरको हातमा नरिवल दिनु जस्तै हो । यसले दुरुपयोग गरेको छ, केही पनि गरेको छैन । स्टाटेजिक पार्टनर खोजेर यसलाई पिपिपि मोडलमा जानुपर्छ । सरकारले धर्मपुत्र पालेको जस्तो पालिराख्नु भएन । आजको दिनसम्म त्यसको हालत यस्तै छ । त्यसको लागि नियमावली संशोधन गर्ने बेलामा मरिसकेको मान्छेको कुराकानी गरिराख्नु राम्रो हुँदैन ।’
मन्त्री गुरुङले सरकारले धर्मपुत्र पालेको जस्तो पालिराख्नु नहुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया