काठमाडौं । चर्चित बलिउड अभिनेत्री एवं डान्सर नोरा फतेहीको टिम नेपाल आइपुगेकी छन् ।
शुक्रबार दिउँसो २३ सदस्यीय फतेहीको टिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवतरण गरेका हुन् । उनीहरुलाई आयोजक टिमले स्वागत गरेको छ ।
भोलि हायात होटलको ग्राउण्डमा आयोजना हुने कार्यक्रममा नोराको टिमले प्रस्तुती दिँदैछ । त्यसका लागि उनको टिम काठमाडौं आए पनि उनी भने भोलि मात्रै नेपाल आउनेछिन् ।
कार्यक्रमको दौरानमा दुबईमा रहेकी उनी शनिबार बिहान मात्रै काठमाडौं उत्रनेछिन् । साथै शनिबार साँझ ‘नोरा फतेही लाईभ इन नेपाल’ मा प्रस्तुती दिनेछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया