सहकारी ठगी प्रकरण : रवि लामिछानेको सुनुवाइ ‘हेर्दा हेर्दैमा’

लोकपथ
2.5k
Shares

काठमाडौं । उच्च अदालत पोखराले रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने जोडिएको निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखेको छ ।

उच्च अदालतका मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले हेर्दा हेर्दैमा राखेको हो ।

कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतले गत २५ पुसमा लामिछानेलाई ६५ लाख धरौटी लिई तारेखमा छाड्न आदेश दिएको थियो । जिल्ला न्यायाधीश नितिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

सो आदेश खारेजको माग गर्दै मुद्दाका दुवै पक्षले उच्च अदालत पोखरामा लामिछानेले पुनरावेदन निवेदन दिएका थिए 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?