काठमाडौं । विपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका छन् ।
शर्माले सामाजिक सञ्जालमा लेख्दै आफूले देउवासँग भेटेर समसामयिक राजनीतिक परिस्थितीका बारेमा कुराकानी गरेको बताएका छन् ।
‘ पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थिति बारे छलफल,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
सरकारमाथि असन्तुष्टि बढिरहेका विपक्षी दलका शीर्ष नेताले मुख्य सत्ता साझेदार दलका प्रमुख नेतालाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
पछिल्लो समय गभर्नर नियुक्ति गर्न नसक्दा सरकारको चौतर्फी आलोचना भइरहेको छ । साथै गभर्नर नियुक्तिको विषय पेचिलो बन्दै जाने हो भने सरकार फेरिन सक्ने समेतका आँकलनहरु भइरहेका छन् । नेपाली कांग्रेसकै शीर्ष नेताहरुले सरकारको कामप्रति असन्तुष्टि जनाइरहेका बेला विपक्षी दलका शीर्ष नेताले मुख्य सत्ता साझेदार दलका नेतालाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
त्यसो त आजै पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई फोन गरेका थिए ।
देउवाको गृहजिल्ला डडेल्धुरा पुगेका प्रचण्डले देउवालाई फोन गरेर आफू गृहजिल्ला पुगेको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया