काठमाडौं । माग्नेबुढाका नामले परिचित कलाकार केदार घिमिरेले पछिल्लो समय भइरहेको लोडसेडिङबारे विद्युत प्राधिकरणका नेतृत्वप्रति कटाक्ष गरेका छन् ।
घिमिरेले सामाजिक सञ्जालमा लेख्दै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यप्रति कटाक्ष गरेका हुन् ।
कुलमान घिसिङलाई प्राधिकरणको नेतृत्वबाट हटाएको भन्दै पछिल्ला दिनहरुमा सरकारप्रति आम असन्तुष्टि बढिरहेको छ ।
साथै प्रधानमन्त्री केपी शर्मा ओलीको नाताले सालो पर्ने हितेन्द्रदेवलाई प्राधिकरण ल्याइएको भन्दै सरकारको आलोचना समेत भइरहेको छ ।
हितेन्द्रदेव प्राधिकरणको नेतृत्वमा आएका बखतबाट साँझको समयमा बत्ति गइरहेको भन्दै उनको समेत आलोचना भइरहेको छ ।
‘सालो त सालो कस्को सालो सालो। त्यो सालो आएसी अन्धकार र कालो,’ घिमिरेले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् ।
यद्यपि शाक्यले आजै पत्रकार सम्मेलन गरेर अत्यधिक लोडका कारण लोडसेडिङ भइरहेको खण्डन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया