काठमाडौं । केन्द्र सरकारले डडेल्धुराको परशुराम नगरपालिकामा रहेको जोगबुढा अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको छ ।
गत वैशाख ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा १५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृती प्रदान गरेको हो ।
‘डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका मातहतको १५ शय्यको जोगबुढा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने,’ बैठकको निर्णयमा भनिएको छ ।
केन्द्र सरकारको स्वीकृतिपछि अस्पताल स्तरोन्नति भइ त्यस क्षेत्रका जनताले सुविधा पाउने भन्दै स्थानीय खुसी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया