जलवायु नेतृत्वमा नेपाल दृढ छ : वनमन्त्री ठकुरी

लोकपथ
63
Shares

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु नेतृत्वमा नेपाल दृढ रहेको बताएका छन् ।शुक्रबारबाट काठमाडौंमा सुरु भएको सगरमाथा संवाद कार्यक्रममा बोल्दै वनमन्त्री ठकुरीले कठिन चुनौतीका बाबजुद पनि नेपाल आफ्नो जलवायु नेतृत्वमा दृढ रहेको उल्लेख गरे । 

उनले जलवायु कार्यलाई राष्ट्रिय योजनामा समाहित गर्दै न्याय-केन्द्रित दृष्टिकोणलाई अंगालेको बताए । उनले नेपालका राष्ट्रिय जलवायु परिवर्तन नीति र राष्ट्रिय अनुकूलन योजनाले कृषि, ऊर्जा, पानी, पूर्वाधार र जैविक विविधता केन्द्रित क्षेत्रीय रणनीतिहरू सहित जलवायु समानुकुलनतर्फ स्पष्ट मार्गचित्र प्रस्तुत गरेको बताए । 

उपेक्षित रहेका महिला, आदिवासी तथा युवाका आवाजलाई जलवायु बहसमा सुनिश्चित गर्दै स्थानीय अनुकूलन कार्य योजना अन्तरगत विकेन्द्रीकृत आधारभूत खाकासहित स्थानीय जलवायु कार्यको अगुवाइका लागि स्थानीय सरकारहरूलाई सशक्त बनाइएको मन्त्री ठकुरीको दाबी छ । 

महिला तथा आदिवासी समुदायले धेरै हदसम्म नेतृत्व गरेको नेपालको सामुदायिक वन कार्यक्रमले कसरी प्रकृतिमा आधारित समाधानहरूद्वारा संरक्षण र मानव विकास दुबैमा योगदान दिन सक्ने बताए । 

वनमन्त्री ठकुरीले भने,‘ कठिन चुनौतीहरूका बाबजुद पनि आफ्नो जलवायु नेतृत्वमा नेपाल दृढ रहेको छ । जलवायु कार्यलाई राष्ट्रिय योजनामा समाहित गर्दै हामीले न्याय-केन्द्रित दृष्टिकोणलाई अंगालेका छौँ । हाम्रो अभिवृद्ध राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडीसी)  विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष अगाडि सन् २०४५ भित्रै खुद-शून्य उत्सर्जन हासिल गर्नेतर्फ परिलक्षित छ । हाम्रा राष्ट्रिय जलवायु परिवर्तन नीति र राष्ट्रिय अनुकूलन योजनाले कृषि, ऊर्जा, पानी, पूर्वाधार र जैविक विविधता केन्द्रित क्षेत्रीय रणनीतिहरू सहित जलवायु समानुकुलनतर्फ स्पष्ट मार्गचित्र प्रस्तुत गरेका छन् । महत्त्वपूर्ण हुँदाहुँदै पनि अक्सर उपेक्षित रहेका महिला, आदिवासी तथा युवाका आवाजलाई जलवायु बहसमा सुनिश्चित गर्दै स्थानीय अनुकूलन कार्य योजना अन्तरगत विकेन्द्रीकृत आधारभूत खाकासहित स्थानीय जलवायु कार्यको अगुवाइका लागि स्थानीय सरकारहरूलाई सशक्त बनाइएको छ । महिला तथा आदिवासी समुदायले धेरै हदसम्म नेतृत्व गरेको नेपालको सामुदायिक वन कार्यक्रमले कसरी प्रकृतिमा आधारित समाधानहरूद्वारा संरक्षण र मानव विकास दुबैमा योगदान पुर्‍याउन सक्छ भन्ने दर्साउँछ । हाम्रा समग्र दृष्टिकोण हरित अर्थतन्त्रतर्फको न्यायसंगत रूपान्तरण, जलवायु समानुकुलन पूर्वाधार निर्माण र दिगो जीविकोपार्जन हासिल गर्नेमा केन्द्रित छन् ।’

मन्त्री ठकुरीले नेपालको समग्र दृष्टिकोण हरित अर्थतन्त्रतर्फको न्यायसंगत रूपान्तरण, जलवायु समानुकुलन पूर्वाधार निर्माण र दिगो जीविकोपार्जन हासिल गर्नेमा केन्द्रित रहेको दाबी गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?