चितवन । चितवनको भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा एक व्यक्तिले आफ्नी छोरी र दाजुको छोराको बीभत्स हत्या गरेपछि आत्महत्या प्रयास गरेका छन् ।
४२ वर्षीय लीलाराज गिरीले दाजु दया गिरीको छोरा ५ वर्षीय सजन गिरी र आफ्नी ७ वर्षीय छोरी प्रभालाई अन्धाधुन्ध खुर्पा प्रहार गरेलगत्तै आत्महत्या प्रयास गरेका हुन् ।
खुर्पा प्रहारबाट गम्भीर घाइते भएका सजन र प्रभाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा आज बिहान मृत्यु भएको हो ।
घटनापछि लीलाराजले आफ्नै घाँटी रेटेका थिए । उनको गम्भीर अवस्थामा उपचार जारी छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार पूर्व सैनिकसमेत रहेका लीलाराजको मानसिक अवस्था ठीक थिएन ।
घटनाको कारण खुलेको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया