सरकारविरुद्ध विद्रोहमा जाने लिङ्देनको चेतावनी

लोकपथ
567
Shares

काठमाडाैं । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले फरक विचार बोकेकै आधारमा राजसंस्था र हिन्दुराष्ट्र पक्षधरमाथि दमन गरिरहेको भन्दै आपत्ति जनाएका हुन् ।  

उनले हिन्दु राष्ट्रको समर्थन, राजसंस्थाको पक्षधरता, संघीयताविरोधी विचार राख्ने नागरिकहरूलाई लक्षित गरेर सरकारले दमन गरिरहेको आरोप लगाए । देशमा सुशासनको माग गर्नेहरूलाई प्रताडित गर्ने हो भने सरकारले खुलेर विद्रोहमा जाऊ भन्नुपर्ने उनको तर्क छ । 

उनले भने, ‘आस्थाकै आधारले यसरी एकपछि अर्को मानिसलाई अनेक बाहानामा पक्राउ गर्दै लाने हो भने सरकारले औपचारिक रूपमा भनिदियोस् । कि हामी विद्रोहमा जाउँ । राप्रपाले र राजा मान्छु भन्नेहरूले, हिन्दु राष्ट्र मान्छु भन्नेहरूले, संघीयता मान्दिन प्रदेश खारेज हुनुपर्छ भन्नेहरूले, देशमा सुशासन कायम हुनुपर्छ भन्नेहरूले यसरी प्रताडित हुनुपर्ने हो भने सरकारले भनिदिनुपर्‍यो हामी विद्रोहमा जान्छौँ । विद्रोहमा जाऊ, जङ्गल पस भन्नुपर्‍यो ।’

उनले सरकारले मानव अधिकार र संविधानले व्यवस्था गरेको सुविधाविरुद्धका क्रियाकलाप गरिरहेको भन्दै भर्त्सना गरे । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका थुनामा रहेका नेता, कार्यकर्ताहरूलाई बिना सर्त रिहा गर्न समेत सरकारको ध्यानाकर्षण गराए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?