हज कार्यलाई व्यवस्थित बनाउन समयानुकुल नीति, नियम र प्रबन्ध मिलाउन आवश्यक : राष्ट्रपति पौडेल

लोकपथ
161
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हज कार्यलाई व्यवस्थित रूपबाट सञ्चालन गर्न समयानुकुल नीति, नियम र प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान मक्का मदिनामा यस वर्ष हज गर्न जान लागे का हजयात्रीलाई शुभकामना दिने क्रममा उनले यस्तो आग्रह  गरेका हुन् । 

उनले बहुजातिय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै विशिष्टता रहेको उल्लेख गरे । 

उनले विविध जातजाति, समुदाय, भाषाभाषी संस्कृति रहेको हाम्रो देशमा यसको संरक्षण र संवर्द्धनका लागि सबै एकसाथ मिलेर लाग्नुपर्नेमा जोड दिए । यसकै माध्यमबाट आपसमा भाइचारा,मित्रता र सद्भाव बढाउँदै अघि बढ्न जरुरी रहेको उनको भनाइ छ । 

राष्ट्रपति पौडेलले भने, ‘इस्लाम धर्मावलम्वीहरुको विश्वासअनुसार हज यात्रा आध्यात्मिक पुनःजन्म जस्तै जहाँ मानिसले अल्लाहको घर पुगेर आफ्नो सबै पाप र दोषबाट मुक्त हुने अवसर प्राप्त गर्नेछन् । यस्तो पवित्र आस्था र विश्वास बोकेर जाने हज यात्रीहरूको सहजताका लागि सबै खालको सुविधा उपलब्ध गराउन सम्बन्धित निकायले ध्यान दिने नै छ । हज कार्यलाई व्यवस्थित रूपबाट सञ्चालन गर्न समयानुकुल आवश्यक नीति, नियम र प्रबन्ध मिलाउनुपर्नेतर्फ सरोकारवालाको ध्यान आकर्षण गराउन चाहन्छु । बहुजातिय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै विशिष्टता छ । विविध जातजाति, समुदाय, भाषाभाषी संस्कृति रहेको हाम्रो देशमा यसको संरक्षण र संवर्द्धनका लागि सबै एकसाथ मिलेर लाग्नुपर्छ । यसकै माध्यमबाट आपसमा भाइचारा,मित्रता र सद्भाव बढाउँदै अघि बढ्न जरुरी छ ।’

राष्ट्रपति पौडेलले इस्लाम धर्मावलम्वीहरुको विश्वासअनुसार हज यात्रा आध्यात्मिक पुनःजन्म जस्तै जहाँ मानिसले अल्लाहको घर पुगेर आफ्नो सबै पाप र दोषबाट मुक्त हुने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे । 

पवित्र आस्था र विश्वास बोकेर जाने हज यात्रीहरूको सहजताका लागि सबै खालको सुविधा उपलब्ध गराउन सम्बन्धित निकायले ध्यान दिने पनि बताए । सो अवसरमा राष्ट्रपतिलाई हजयात्रीलाई गम्छा र टोपी लगाएर शुभकामना दिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?