माझफाँट–लेकफाँट सडक कालोपत्रे

लोकपथ
126
Shares

काठमाडौं । जिल्लाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चे जोड्ने सडक योजनाको माझफाँट–लेकफाँट खण्डमा सात किलोमिटर ५०० मिटर कालोपत्रे भएको छ ।  

संघीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना कार्यक्रममार्फत जलजला गाउँपालिका–३ माझफाँटको भुरतुलादेखि वडा नं ५ लेकफाँटको गिद्धेश्वरसम्मको बाटो कालोपत्रे भएको हो ।

दुई लेनको  यो सडकको एक किलोमिटर ४०० मिटर ढलान भएको छ । ट्र्याक खुलेको १५ वर्षपछि सडक कालोपत्रे र ढलान गरिएको हो ।  जलजला गाउँपालिकाले पनि बेनीदेखि भुरतुलासम्मको दुई किलोमिटर सडक स्तरोन्नति गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?