चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते

लोकपथ
560
Shares

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । लहानबाट काठमाडौंतर्फ गइरहेको प्रदेश १-०२-००१ ख ९१६२ नम्बरको बस डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो ।

बसमा ३९ जना सवार थिए । दुर्घटनापछि घाइतेहरुलाई तत्काल उद्धार गरी अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

घाइतेमध्ये चार जनाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्यलाई बकुलहर अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ।

दुर्घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?