प्रधानमन्त्री ओलीले भने : ‘यो अस्थिर देश’

लोकपथ
399
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अस्थिर देश भएको बताएका छन् । बिहीबार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

उनले अहिलेसम्म ५ वर्षको कार्यकाल कसैले पनि पूरा गर्न नसकेको भन्दै डेमोक्रेसी सिस्टमलाई फङ्सनमा कसरी लैजाने ? डेमोक्रेसीलाई फङ्सनेबल कसरी बनाउने ? डेमोक्रेटिक सिस्टमलाई डेमोक्रेटिक सिस्टमलाई प्रोसेसमा हालेर कसरी लैजाने ? भन्ने कामहरू ६९ वर्ष पहिला टंकप्रसाद आचार्यले गरेको स्मरण गरे । देशमा अस्थिरता सिर्जना गर्नेहरूको नाम भन्दा ठुलो विपद् आउने डर रहने बताए  । 

प्रधानमन्त्री ओलीले भने, ‘डेमोक्रेसी सिस्टमलाई फङ्सनमा कसरी लैजाने ? डेमोक्रेसीलाई फङ्सनेबल कसरी बनाउने ? डेमोक्रेटिक सिस्टमलाई डेमोक्रेटिक सिस्टमलाई प्रोसेसमा हालेर कसरी लैजाने ? ती कामहरू टंकप्रसाद आचार्यले गर्नुभयो । त्यस यता यी ६९ वर्षमा कति वटा सरकार फेरिए होला, कति वटा प्लानिङ कमिसन फेरिए होला ? ५ वर्ष कहिल्यै कसैले नपुर्‍याएको देश हो यो । पाँच वर्षका लागि काम गर्दै जाँदा कहीँ सकेन पछार्न भने अदालतमा लगेर पछार्छ ।  त्यहाँ लगेपछि त जवाफ नै दिन नपाउने । नो एन्सर । अब तँलाई पछार्ने भनेपछि हस हजुर । यो अस्थिर देशमा कति वटा प्लानिङ कमिसन भए होलान् । कहाँबाट इन्स्टेबिलिटी सिर्जना गरिन्छ, को हो इन्स्टेबिलिटी सिर्जना गर्ने ? को छ पछाडि ? देख्न बुझ्न गाह्रो । देख्यो, बुझ्यो भने भन्न गाह्रो । झन् ठुलो विपद् आइपर्ला भन्ने डर ।’

प्रधानमन्त्री ओलीले स्थिर सरकार भए मात्रै योजनाबद्ध रूपमा विकास गर्न सकिने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?