काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको छ । टेरामक्स प्रकरणमा बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको प्रतिनिधिसभाको सांसद पद स्वतः निलम्बनमा परेको हो ।
उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन् । उनी र दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना जनाविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको हो ।
आरोपीबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया