स्पष्ट ढुवानीमैत्री नीति आवश्यक : सांसद नेम्वाङ

लोकपथ
420
Shares

काठमाडौं । नेकपा एमाले सांसद सुहाङ नेम्वाङले स्पष्ट ढुवानीमैत्री नीति आवश्यक रहेको बताएका छन् । बिहीबारको प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् । कर बीमा र अनुमति प्रक्रिया डिजिटल एक द्वार प्रणालीबाट सरल बनाइनुपर्ने माग गरे । 

साथै भौतिक पूर्वाधारमा प्राथमिकता दिई सुधार गर्न जरुरी रहेको बताए । उनले यो केबल आर्थिक गतिविधिको कुरा होइन, राष्ट्र चलायमान राख्ने प्रश्न पनि भएको उल्लेख गरे । उनले राष्ट्रको महत्त्वपूर्ण क्षेत्र ढुवानी तथा यातायात सेवा राष्ट्रको गतिशीलता सुनिश्चित गर्ने मेरुदण्ड भएको बताए ।  

उनले भने, ‘राष्ट्रको महत्त्वपूर्ण क्षेत्र ढुवानी तथा यातायात सेवा राष्ट्रको गतिशीलता सुनिश्चित गर्ने मेरुदण्ड हो । हामी सबैलाई थाहा छ, हवाई सेवा नाजुक र भरपर्दो अवस्थामा नहुँदा पनि विपद् वा महामारीको घडीमा खाद्यान्न, औषधि, महामारीका सामग्रीदेखि कृषि उपजसम्म देशका कुना कुनामा पुर्‍याउने काम यिनै व्यवसायीहरूले गरेका हुन् । तर यति महत्त्वपूर्ण क्षेत्र अहिले कानुनी अस्पष्टता, नीति, कार्यान्वयनमा अलमलता, दोहोरो करको बोझ, अनुमति बीमा र कर प्रणालीमा एक द्वार नभएको, पूर्वाधार विकासको अभाव, इन्धनको अस्थिर मूल्यले लागत बढ्दै जानु जस्ता समस्याहरूले ग्रस्त छ । स्पष्ट ढुवानीमैत्री नीति आवश्यक छ । कर बीमा र अनुमति प्रक्रिया डिजिटल एक द्वार प्रणालीबाट सरल बनाइनुपर्छ । साथै भौतिक पूर्वाधारमा प्राथमिकता दिई सुधार गर्न जरुरी छ । यो केबल आर्थिक गतिविधिको कुरा होइन, राष्ट्र चलायमान राख्ने प्रश्न पनि हो ।’

सांसद नेम्वाङले ढुवानी तथा यातायात सेवा अहिले कानुनी अस्पष्टता, नीति, कार्यान्वयनमा अलमलता, दोहोरो करको बोझ, अनुमति बीमा र कर प्रणालीमा एक द्वार नभएको, पूर्वाधार विकासको अभाव, इन्धनको अस्थिर मूल्यले लागत बढ्दै जानु जस्ता समस्याहरूले ग्रस्त रहेको बताए  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?