९० मेगावाटको मर्स्याङ्दी आयोजनामा वित्तीय व्यवस्थापन पूरा

लोकपथ
294
Shares

काठमाडौं । ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ ।

गोरखाको पालुङटार नगरपालिका, लमजुङको राइनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दीमा एमए पावर प्रालिले निर्माण गर्ने उक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको जनाइएको हो ।

यसका लागि कुमारी बैंकको अगुवाइमा बुधबार लगानीसम्बन्धी सम्झौता भएको छ । यसमा कुमारी, प्रभु, सिद्धार्थ, कृषि विकास, सानिमा, गरिमा विकास, लुम्बिनी विकास र सांग्रिला डेभलपमेन्ट बैंक र कर्मचारी सञ्चय कोषले लगानी गर्नेछन् ।

यी बैंक र कोषले १५ अर्ब १८ करोड ७५ लाख रुपैयाँको संयुक्त लगानीमा आयोजना निर्माण हुने गरी ऋण सम्झौता गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?