एकैदिन ३५ सयले घट्यो सुनको मूल्य, आज कति पुग्यो ?

लोकपथ
1.3k
Shares

काठमाडौं ।  बुधबारको तुलनामा आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा  तीन हजार ५०० ले सुनको मूल्य घटेको हो । चाँदीमा पनि प्रतितोला  ३५ ले गिरावट भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य  एक लाख ८१ हजार ८०० कायम भएको छ । त्यसै गरी, एक तोला चाँदी  एक हजार ९२५ मा बेचबिखन भइरहेको छ । 

बुधबार प्रतितोला सुन रु एक लाख ८५ हजार ३०० र त्यति नै परिमाणको चाँदी  एक हजार ९६० मा खरिदबिक्री भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार १६० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?