काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले जेठ १ अर्थात आजदेखी प्रि(बजेट एक्सचेन्ज फेस्ट आयोजना गर्ने घोषणा गरेको छ ।
यो आयोजना जेठ १ देखि ४ सम्म (१५ देखि १८ मे २०२५) चार दिनसम्म सञ्चालन हुनेछ ।
ग्राहकहरूले यस मेलामा कुनै पनि ब्रान्डको पुरानो गाडी दिएर टाटाको नयाँ इलेक्ट्रिक गाडी साट्न सक्नेछन् । यसबाट उनीहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरीज, र जीवनभर निःशुल्क चार्जिङ जस्ता सुविधा पाउनेछन् ।
साथै, ८० प्रतिशतसम्म वित्तीय सुविधा पनि उपलब्ध हुनेछ, जसले इलेक्ट्रिक गाडी किन्ने प्रक्रिया अझै सजिलो बनाउने विश्वास कम्पनीले लिएको छ । टाटा टियागो, कर्भ, पन्च, र नेक्सन के३ ईभी जस्ता लोकप्रिय इलेक्ट्रिक मोडेलहरूमा यो अफर लागू हुने बताइएको छ ।
अतिरिक्त रूपमा, ग्राहकहरूले निःशुल्क चार्जिङ बक्स र त्यसको जडान सुविधा पाउनेछन् । इच्छुक ग्राहकहरूले देशभरमा रहेका सिप्रदीको आधिकारीक सोरुममा गई मेलाको अवलोकन तथा ईभी गाडीहरु टेस्ट ड्राईभ गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया