सतुंगलको आगलागी नियन्त्रणमा, १० वटा सटर पूर्णरूपमा क्षतिग्रस्त

लोकपथ
987
Shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–११, सतुंगल चोकस्थित एक कपडा पसलमा बिहीबार बिहान लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ। कपडा पसलमा विद्युत सर्ट भएर सुरु भएको आगलागी अहिले नियन्त्रणमा लिइएको हो ।

उक्त पसलसहित करिब १५–२० वटा सटरमध्ये १० वटा सटर तथा त्यहाँ रहेका व्यवसायहरू पूर्ण रूपमा नष्ट भएका छन्। बाँकी ४ वटा सटरमा आंशिक क्षति पुगेको प्रहरीले जानकारी दिए ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरीका ३० जना र सशस्त्र प्रहरीका ४० जना गरी ७० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

यसका साथै, चन्द्रागिरी नगरपालिकाको दमकल, नेपाली सेनाको विपद् व्यवस्थापन गणबाट १, नेपाल आयल निगम थानकोटबाट १, जुद्ध बारूण यन्त्र केन्द्रबाट २ र ललितपुर महानगरपालिकाबाट १ गरी कुल ६ वटा दमकलले आगो निभाउन सहयोग गरेका थिए।

आगोबाट भएको क्षतिको विस्तृत विवरण संकलनको काम जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?